दफा १७२
लिखत धुल्याउनु पर्ने
अदालतले मुद्दाको अन्तिम निर्णय भएको पाँच वर्षपछि सो मुद्दाको मिसिलमा रहेका देहायका लिखतहरु बाहेक अरु लिखतहरु धुल्याउनु पर्नेछः–
(क) उजुरी, अभियोगपत्र वा फिरादपत्र,
(क१) पक्षको नाममा जारी भएको पक्राउ पूर्जी वा समाह्वान,
(ख) अभियुक्तको बयान वा प्रतिउत्तरपत्र,
(ग) प्रतिउत्तरपत्र सरहको बयान,
(घ) प्रमाणका सक्कल लिखतहरु,
(ङ) पुनरावेदन परेको भए पुनरावेदनपत्र,
(च) मुद्दा दोहो¥याउने वा पुनरावलोकनको लागि दिइएको निवेदनपत्र,
(छ) अदालतबाट भएको पैmसला वा अन्तिम निर्णय,
(ज) नक्सा, तायदाती फाराम, सम्पत्ति विवरण,
(झ) कानून बमोजिम संरक्षण गर्न आवश्यक देखिएका अन्य कुनै लिखत
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “अन्तिम निर्णय भएको” भन्नाले पुनरावेदन परेको पैmसलाको सम्बन्धमा पुनरावेदन सुन्ने अदालतबाट भएको निर्णय र साधक पेश भएको फैसलाको सम्बन्धमा साधकको निकासा गर्न अधिकार प्राप्त अदालतबाट भएको निर्णय सम्झनु पर्छ ।